contact.greentechnepal@gmail.com
  +977 9857015900

राष्ट्रपतिय प्रतिस्पर्धामा हार

राष्ट्रपतिय प्रतिस्पर्धामा हार स्वीकार गरिसकेका पोरोशेन्कोले देश अनिश्चिततातर्फ जाने बताएका छन्। उनले भने,‘चुनावको नतीजाले हामीलाई अनिश्चितता र भ्रमतर्फ लैजानेछ।’

त्यासो त जेलेन्स्कीले चुनावी अभियानका क्रममा कुनै ठोस एजेन्डा प्रस्तुत गरेका थिएनन्। जुन राजनीतिज्ञले सामान्य रुपमा प्रस्तुत गर्छन्। उनले आफू देशका अन्य नेता भन्दाचाँही राम्रो भनेर भाषण गरेका थिए।

देशमा व्याप्त भ्रष्टाचार र वेथितिविरुद्ध हास्य टेलिभिजन कार्यक्रमका प्रस्तोता उनी टेलिभिजनमा युक्रेनका काल्पनिक राष्ट्रपतिको भूमिकामा प्रस्तुत भएका थिए।

हास्य कार्यक्रम ‘सर्भेन्ट अफ द पिपुल’ मा संयोगवश जेलेन्स्की देशको राष्ट्रपति बन्न पुग्छन्। विशेषगरी देशको वेथितिमाथि व्यंग्य गरिने त्यस कार्यक्रमका चर्चित पात्र यति प्रख्यात भए। अन्ततः उनलाई युक्रेनको राष्ट्रपतिको एक्ला विकल्पको रुपमा हेरियो।