राष्ट्रपतिको चीन भ्रमणक्रममा पारवहन
नेपाल–चीनबीच दुई बर्षअघि भएको पारवहन सन्धिलाई व्यवस्थित गर्न बनाइएको सम्झौताको प्रोटोकलमा मन्त्रीस्तरीय हस्ताक्षर हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण (११–१९ बैशाख) को क्रममा १६ बैशाखका दिन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने भएको हो।
बेइजिङस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायातमन्त्री ली सियाओपिङले हस्ताक्षर गर्नेछन्।
राजनीतिका साथै व्यापारमा पनि ख्याति कमाएका यातायात मन्त्री ली चीनका पूर्व प्रधानमन्त्री ली फङ (सन् १९८८–१९९८) का छोरा हुन्।