अन्तर्राष्ट्रिय विमानस्थल

उनका अनुसार अबको तीन महिनामा ४० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न हुन्छ। सम्झौता अवधिभन्दा छ महिनाअगाडि नै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भएको छ।
विमानस्थल निर्माणको सुरुवात भएको १७ महिनाको अवधिमा चार अर्ब ५० करोड भुक्तानी भएको मुनाकर्मीले जानकारी दिए। उनले भने, ‘सामान्यतया अरु ठूला आयोजना निर्माणमा महिनामा १ प्रतिशत निर्माणकार्य हुन्छ तर हामीले महिनामा २/३ प्रतिशत कार्य गरेका छौँ।’